FLASH NEWS

आजको मौसम कस्तो रहला ?

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ १८, आईतबार (५ घण्टा अघि)
  • ३४

    Shares

आजको मौसम कस्तो रहला ?

काठमाडौँ :    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले सुदूरपश्चिमको तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस