
१८५
Shares
थाक्रे : नेकपा (एमाले) धादिङ अन्तर्गत थाक्रे गाउँपालिका कमिटी र धुनिवेशी नगरपालिका कमिटीले आ–आफ्ना निर्वाचन केन्द्रित बैठक सम्पन्न गरेका छन्। बैठकमार्फत पार्टीको निर्वाचन रणनीति तय गर्दै परिचालन संरचना सुदृढ पारिएको एमालेले जनाएको छ।



थाक्रे गाउँपालिकामा आयोजित विस्तारित बैठकले गणेशमान वाइबाको नेतृत्वमा ७सय ७७ सदस्यीय पालिकास्तरीय मूल निर्वाचन परिचालन समिति गठन गरेको छ। बैठकले अनुगमन, प्रचार–प्रसार, युवा, महिला तथा आर्थिक परिचालनसम्बन्धी उपसमितिहरू सक्रिय बनाउँदै ११ वटै वडामा उम्मेदवारसहित घरदैलो तथा वडा स्तरका बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।
यस्तै धुनिवेशी नगरपालिका कमिटीको नवौँ पूर्ण बैठकले दिनेश बाँस्कोटाको संयोजकत्वमा ५सय ५५ सदस्यीय नगरस्तरीय मूल निर्वाचन परिचालन समिति गठन गरेको छ। बैठकले नगरका ९ वटै वडामा संगठित रूपमा चुनावी अभियान सञ्चालन गर्ने र घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाएको छ।
दुवै बैठकमा नेकपा (एमाले) धादिङ क्षेत्र नं. १ का उम्मेदवार भूमि त्रिपाठी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा जगन्नाथ नेपाल र रमेश कुमार आचार्यले विशेष अतिथिका रूपमा सम्बोधन गर्नुभएको थियो।
बैठकहरूबाट संगठनलाई चलायमान बनाउँदै चुनावी गतिविधिलाई तीव्र र प्रभावकारी बनाउने निर्णय गरिएको एमालेले जनाएको छ।








