FLASH NEWS

धादिङमा एमालेका प्रतिनिधिसभा उम्मेदवार सिफारिस टुंगो

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ४, आईतबार (११ घण्टा अघि)
  • ७२

    Shares

धादिङमा एमालेका प्रतिनिधिसभा उम्मेदवार सिफारिस टुंगो

नेकपा एमालेले धादिङका दुबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिफारिस टुंगो लगाएको छ।

शुक्रबार बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले देशभरका विभिन्न निर्वाचन क्षेत्रसँगै धादिङका दुबै क्षेत्रमा पनि प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिफारिस गरेको हो।

पार्टीको निर्णयअनुसार धादिङ निर्वाचन क्षेत्र नं. १ बाट भूमि त्रिपाठी र धादिङ निर्वाचन क्षेत्र नं. २ बाट धनबहादुर घलेलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको बताइएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस