FLASH NEWS

आजको मौसम कस्तो रहला ?

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ माघ ४, आईतबार (११ घण्टा अघि)
  • ५४

    Shares

आजको मौसम कस्तो रहला ?

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको प्रभावले कर्णाली र सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा तुवाँलो लागेको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा छ।

दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति तराईका केही स्थानमा हुस्सु रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ।बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस