
१
Shares
नेकपा एमालेले आगामी ४ माघदेखि चुनावी अभियान थाल्ने निर्णय गरेको छ । बागमती प्रदेश कमिटीले प्रज्ञा भवनमा गर्ने कार्यक्रमबाट एमालेले चुनावी अभियान थाल्ने भएको हो । अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानको उद्घाटन गर्नुहुने छ । एमालेले राजधानी उपत्यकाका तीन जिल्ला बाहेकलाई बागमती प्रदेश कमिटीमा राखेको छ ।











