FLASH NEWS

थाक्रेमा १० मा अचार बनाउने तालिम सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ पौष २१, सोमबार (१ दिन अघि)
  • २२५

    Shares

थाक्रेमा १० मा अचार बनाउने तालिम सुरु

धादिङ : थाक्रे गाउँपालिका–९ र १० मा ७ दिने अचार बनाउने तालिम सुरु भएको छ।

उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसी, धादिङको आयोजनामा सोमबार देखि २७ गतेसम्म सञ्चालन हुने तालिम थाक्रे गाउँपालिका–९ र १० मा भइरहेको छ।

तालिमको उद्घाटन थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा थाक्रे–९ का वडा अध्यक्ष श्यामचन्द्र आचार्य र थाक्रे–१० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछानेको आथित्यता रहेको थियो।

उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसी, धादिङका प्रमुख चुडामणि पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम उद्योग तथा वाणिज्य कार्यालयकै राजेन्द्र कोइरालाको उपस्थितिमा सुरु गरिएको तालिममा थाक्रे–९ र १० का ४५ जनाभन्दा बढी महिलाहरूको सहभागिता रहेको छ।

तालिमको सहजीकरण रजनी लामा र गंगा माया लामाले गर्नुहुनेछ। तालिममार्फत सहभागी महिलाहरूलाई व्यावसायिक रूपमा अचार उत्पादन गर्न आवश्यक सीप र ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस