FLASH NEWS

थाक्रे गाउँपालिकामा सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ पौष ९, बुधबार (२ घण्टा अघि)
  • ६२

    Shares

थाक्रे गाउँपालिकामा सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

थाक्रे: धादिङको थाक्रे गाउँपालिकामा औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा करार सेवाका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

थाक्रे गाउँपालिका महादेवबेसी, धादिङको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो। थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष यान्त्र बा थापा, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, पूर्व उपाध्यक्ष अम्बिका रूपा खेती, वडाका वडा अध्यक्षहरू, पूर्व वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, संघ–संस्थाका प्रतिनिधिहरू, विद्यालयका प्रमुख तथा प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सामाजिक सुरक्षा कोषका सहायक निर्देशक जयकृष्ण दुलालले सहजीकरण गर्नु भएको अभिमुखीकरण कार्यक्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा श्रमिक तथा कर्मचारीहरूले प्राप्त गर्ने सुविधा, योगदान प्रणाली, लाभ र दीर्घकालीन सुरक्षाका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका सभा अध्यक्ष तथा पालिकाका अध्यक्ष रामकुमार आचार्यले औपचारिक र अनौपचारिक दुवै क्षेत्रमा कार्यरत श्रमिकहरूको सामाजिक तथा आर्थिक सुरक्षाका लागि सामाजिक सुरक्षा कोष अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै सबैलाई कोषमा आवद्ध हुन आग्रह गर्नु भयो। तेस्तै उहाले पालिकामा पनि अब यस्तो कुराको लागि आफ्नो नागरिक हरुलाइ सजिलो होस भन्ने उदेश्यले साहायता कक्षा स्थापना गर्न लागिएको बताउनु भयो।

कार्यक्रमले स्थानीय तहमा सामाजिक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा श्रमिकहरूको हकहित संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको आचार्यको भनाइ छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस