
१०
Shares
थाक्रे–८ फोटपुर, धादिङमा प्रत्येक वर्ष पौष शुक् पन्चमि बेलुका शुरु भई दुई दिनसम्म चल्ने श्री महाङ्काल भगवती जात्रा उल्लेख्य भक्तजन तथा जात्रालुहरुको सहभागितामा सम्पन्न भएको छ । उक्त जात्रामा बाजागाजा सहित गणेश र भगवतीको रथ नचाउने परम्परा रही आएको छ । नेवारी समुदायको धीमे बाजा, पन्चेबाजा तथा अन्य समुदायले सङ्ख, घन्टा सहित उपस्थित भई सबै सम्प्रदायको सहभागिता हुनेगरी जात्राको आयोजना गर्ने समवेशिताको उत्कृष्ट नमूना उक्त स्थानमा देख्न पाइन्छ । साथै श्रद्धालु भक्तजनहरूले रातभरि मन्दिर परिषरमा दीप प्रज्वलन गरी रातभरी जागराम बस्दै भोलिपल्ट दीप बिसर्जन गर्ने परम्परा रही आएको छ । स्थानीय दोहोरी कलाकारहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा इन्द्रेनी दोहोरी कलाकार श्रीराम अधिकारि उपस्थिती भई स्थानीय कलाकारहरुका साथै रातभरि प्रस्तुति दिएका थिए । साथै चर्चित भजन गायक श्री निश्चल सिलवालको समुहले भजन प्रस्तुत गरेका थिए ।



श्री महाकाल भगवती मन्दिर संरक्षण व्यवस्थापन समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिम्बल घनश्याम सुवेदि स्मृति प्रतिष्ठानले सहभागिहरुलाई प्रसाद वितरण गरेको थियो । साथै प्रतिस्ठानले दिप बालेर रात्रिमा जागराम बसेका भक्तजनहरुलाई फलफूल बितरण गरेको थियो । निःशुल्क रुपमा प्रसाद तथा खानपानको व्यवस्थापनमा छत्रे देउरालि निवासी श्री कुमार पान्डेले समेत आर्थिक सहयोग उपलब्ध गराएका थिए ।








