
४३
Shares
काठमाण्डौ : आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । मंगलबार मुम्बईमा एक कार्यक्रमकाबीच समूह विभाजनसहित टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरिएको हो ।



नेपालले सबै खेल भारतको मुम्बईमा खेल्नेछ । नेपालको समूहमा २–२ पटकका विश्वकप विजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली रहेका छन् । नेपालले इंग्ल्यान्डसँग पहिलो खेल आउँदो माघ २५ गते अर्थात् फेब्रुअरी ८ तारिखमा खेल्नेछ । खेल मुम्बईको वान्खडे स्टेडियममा हुने जनाइएको छ ।
यस्तै नेपालले फेब्रुअरी १२ तारिखमा इटालीसँग, फेब्रुअरी १५ तारिखमा वेस्ट इन्डिजसँग र फेब्रुअरी १७ तारिखमा बङगलादेशसँग खेल्नेछ । नेपालले इंग्ल्यान्डसँग अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेल्नेछ ।
यसअघि नेपालले भारत, पाकिस्तान, बङगलादेश, दक्षिण अफ्रिकासँग खेलिसकेको छ । भारत, पाकिस्तान, नेदरल्यान्ड्स, नामिबिया र अमेरिका समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे, आयरल्यान्ड र ओमान छन् ।
यस्तै समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडा छन् । टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म हुनेछ ।








