FLASH NEWS

पूर्व वडा अध्यक्ष र उनका छाेरा विरुद्ध जबरजस्ती करणी उद्योग मुद्दा दर्ता

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर १०, बुधबार (२ घण्टा अघि)
  • Shares

पूर्व वडा अध्यक्ष र उनका छाेरा विरुद्ध जबरजस्ती करणी उद्योग मुद्दा दर्ता

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का पूर्व वडाअध्यक्ष र उनका छाेरा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएकाे छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष ६५ वर्षीय गुणबहादुर थपलिया र उनका छाेरा ४० वर्षीय रामशरण भन्ने केशव थपलिया विरुद्ध मंगलबार जबरजस्ती करणी उद्याेग, ज्यानमार्ने उद्योग र अभद्र व्यवहारकाे मुद्दा दर्ता भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दहालले जानकारी दिनुभयाे ।

आराेपित केशव थपलियाले आराेपितकाे घर नजिकै ३३ वर्षीया एक महिलालाई जबर्जस्ती करणी उद्योग गरेकाे र पीडितले गुहार मागेपछि अन्य मानिसकाे सहयाेगमा प्रहरीले उद्धार गरेकाे थियाे । पीडितलाई छाेराले जबरजस्ती करणी उद्योग गरेकाे बाबू गुण बहादुरले कुटपिट समेत गरि छाेरालाई सघाएकाे ीीडित पक्षकाे भनाई छ ।
घटनापछि पीडितकाे धादिङ अस्पतालमा उपचार भयाे भने पीडितकाे उजुरी दर्ता मंगलबार भयाे । आराेपितहरुलाइ प्रहरीले साेमबार हिरासतमा लिएकाेमा मंगलबार जिल्ला अदालत पेश गरेकाेमा ७ दिन थानामा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे प्रहरीले जनाएकाे छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस