
८६
Shares
धुनिबेशी ५, विजयपुर स्थित गोरखनाथ मन्दिर प्राङ्गणमा गोरख संवत् २८१९ नयाँ वर्ष तथा उत्पत्तिका एकादशीको पावन अवसरमा गोरखनाथ कल्याण केन्द्र नेपाल द्वारा शुभकामना आदानप्रदान तथा समिति पुनर्गठन गरिएको छ।



शनिबार एक कार्यक्रमको आयोजना गरि गोरख संवत् २८१९ नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरिएको हो। उक्त कार्यक्रममा धुनिबेशी ५ का वडा अध्यक्ष विशाल भट्टराईले शुभकामना दिनु हुदै आफू र वडाको तर्फ बाट गर्नु पर्ने काम कुनै पनि कन्जुस नगरी लाग्ने बताउनु भयो। यस्तै कार्यक्रममा शुभकामना दिनु हुदै नगरपालिकाका उप प्रमुख सुरज उप्रेतीले पनि यो पवित्र स्थल भएकोले हिजोका दिन हरमा पनि नगरपालिकाले सकेको सहयोग गरिरहेको र अब भोलिका दिन हरमा पनि यस मन्दिर लाई अझ आवश्यक काम हरु गर्दै लाने बताउनु भयो।
कार्यक्रममा धुनिबेशी नगर पालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण आचार्यले शुभकामना दिनु हुदै यस मन्दिर निर्माण कार्य सुरु देखिने आफु लागि परेको र अझ पनि नगरपालिका को प्रमुख हुदा वा नहुदा पनि आफु सँधै यस मन्दिरको संरक्षण गर्न लाग्ने बताउनु भयो। उहाले नगरपालिका भित्र यस्ता बिभिन्न धार्मिक स्थल तथा पर्यटकीय क्षेत्र रहेको समेत बताउनु भयो।
यस्तै उक्त कार्यक्रमको अवसरमा धार्के शाखा समितिको पुनर्गठन गरिएको छ। अध्यक्षमा जनक भुजेल ,उपाध्यक्ष: आत्माराम चापागाईं, सचिव: राजन रेग्मी, कोषाध्यक्ष: राजेश रेग्मी, सदस्य: जनक रूपाखेती, अरुण मानन्धर, बिन्दा लुइँटेल, राजेन्द्र उप्रेती, अमृत उप्रेती रहनु भएको छ।

अर्जुन रेग्मीले समापन गर्नु भएको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, भक्तजन, स्थानीयवासी तथा संस्थाका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उक्त कार्यक्रम लक्ष्मी भुजेलले संचालन गर्नु भएको थियो।









