४३
Sharesधादिङ: ७० औं प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय खानीखोला, धादिङको आयोजनामा धुनिवेशी नगरपालिका–८ स्थित ऐतिहासिक लोकेश्वर महादेव मन्दिर परिसरमा विशेष सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।
प्रहरी निरीक्षक नन्दराज जोशीको कमाण्डमा रहेको प्रहरी टोली र स्थानीय बासिन्दाहरूको सहकार्यमा आयोजित सो कार्यक्रममा मन्दिर परिसर तथा वरपरको क्षेत्रको सरसफाई गरिएको हो। धार्मिक स्थलको संरक्षण, समुदायमा सफा वातावरणप्रतिको चेतना अभिवृद्धि र प्रहरी–समुदाय साझेदारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको निरीक्षक जोशीले बताउनु भयो।
यस्तै स्थानीयबासीहरूले प्रहरीको सक्रियता र सामाजिक उत्तरदायित्वप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गरेका छन्।
प्रत्येक वर्ष मनाइने प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीले देशभर विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू गर्दै आइरहेको ।