FLASH NEWS

धादिङसहित देशका बिभिन्न स्थानमा वर्षा , उच्च सतर्कता अपनाउन अनुरोध

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ आश्विन १८, शनिबार (१ हप्ता अघि)
  • १५३

    Shares

धादिङसहित देशका बिभिन्न स्थानमा वर्षा , उच्च सतर्कता अपनाउन अनुरोध

धादिङ: मनसुनी वायु थप सक्रिय भएकोले देशका धेरैजसो ठाउँमा बदली भएर धादिङसहित बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि मनसुनी वायु बढी सक्रिय हुँदा देशका केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले मौसमी बुलेटिनमार्फत आउँदो २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही ठाउँ तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको जनाएको छ । अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु आजदेखि थप सक्रिय रहने मौसमविद्ले पूर्वानुमान गरेका छन् । आज र भोलि केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको र पर्सि सोमवारदेखि मौसम क्रमिक रुपमा सुधार हुने महाशाखाले जनाएको छ।

यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना निकालेर सोमवारसम्म विभिन्न ठाउँमा बाढी–पहिरोको जोखिम बढ्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस