FLASH NEWS

आज यी स्थानमा वर्षा हुने

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ आश्विन ५, आईतबार (२ घण्टा अघि)
  • ४३

    Shares

आज यी  स्थानमा वर्षा हुने

काठमाडौं : हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस