१७७
Shares६१ औँ बाल दिवसको अवसरमा महाङ्कालेश्वरी माध्यमिक विद्यालय र काउले आ.वि.मा विभिन्न कार्यक्रम गरि मनाइएको छ।
बाल अधिकारको प्रवर्द्धन र चेतनाको अभिवृद्धिका लागि आयोजित कार्यक्रममा महाङ्कालेश्वरी बाल क्लबको आयोजनामा तथा ICDC नेपालको सहकार्यमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो।
“वालवालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारालाई आत्मसात गर्दै आधारभूत (आ.वि.) तथा माध्यमिक (मा.वि.) तहका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले “वालवालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी”को विषयमा आ आफ्नो प्रस्तुति राखिएको विद्यालयका प्रधानाध्यापक मुकुन्द थापाले बताउनु भयो।
त्यसै अवसरमा काउले आधारभूत विद्यालयमा पनि हस्तलेखन प्रतियोगिता सम्पन्न गरिएको थियो, जसले विद्यार्थीहरूमा सिर्जनात्मकता र लेखन क्षमताको विकासमा टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, बाल क्लबका सदस्यहरू तथा स्थानीय सामाजिक संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो। ICDC नेपालका प्रतिनिधिहरूले बालबालिकाको समग्र विकासमा यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने भन्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
बाल क्लबका संयोजकले भने, “हामी बालबालिकाको प्रतिभा उजागर गर्ने, उनीहरूको आवाज बुलन्द बनाउने र नेतृत्व विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम गर्दै आएका छौं।”