FLASH NEWS

आजदेखि स्थानीय तहको सेवा र विद्यालय सञ्चालन हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ भाद्र २९, आईतबार (२ घण्टा अघि)
  • ४५

    Shares

आजदेखि स्थानीय तहको सेवा र विद्यालय सञ्चालन हुने

काठमाडौं :    जेनजी आन्दोलनका कारण लगाइएको कर्फ्यू र निषेधाज्ञा हटेसँगै आजदेखि स्थानीय तहको सेवा र विद्यालय सञ्चालन हुने भएका छन् ।

शनिबारदेखि नै जनजीवन सामान्य बनेकोले आजादेखि स्थानीय तहको सेवाका साथै विद्यालयहरु सञ्चालन गर्न लागिएको हो ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबारै सेवा अघि बढाउनेबारे ७५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको थियो ।

क्षति भएका कार्यालयहरूलाई वैकल्पिक स्थान खोजेर अत्यावश्यक सेवा अघि बढाउन भनिएको छ । सिंहदरबारभित्रका कार्यालयहरू पनि वैकल्पिक व्यस्थापन गरेर काम गरिने मन्त्रालयले जनाएको छ ।

स्थानीय तह र जिल्ला प्रशासनबाट सबैभन्दा धेरै स्थानीयका सेवाहरू सञ्चालन हुने गरेका छन् । केहि दिन देखि सर्वसाधारणका अत्यावश्यक कामहरू रोकिएका थिए । मन्त्रालयले क्षतिग्रस्त कार्यालयहरुको विवरण पनि संकलन गरेर पठाउन भनेको छ ।

शिक्षा मन्त्रालयले पनि स्थिति सामान्य भएकाले आइतबारदेखि नै विद्यालयहरू खोल्न निर्देशन दिइसकेको छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस