FLASH NEWS

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ भाद्र २८, शनिबार (३ घण्टा अघि)
  • ५६

    Shares

आज यी  प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास छ। यसको प्रभावले देशभर साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार बिहान कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानहरूमा साथै गण्डकी र कर्णाली प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोमहाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस