FLASH NEWS

सुशीला कार्कीलाइ प्रधानमन्त्री बनाउने सहमति, संसद् विघटनको विषयमा आज पुन: वार्ता हुने

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ भाद्र २७, शुक्रबार (३ घण्टा अघि)
  • ६०

    Shares

सुशीला कार्कीलाइ प्रधानमन्त्री बनाउने सहमति, संसद् विघटनको विषयमा आज पुन: वार्ता हुने

अन्तरिम सरकारको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने सहमति जुटे पनि संसद् विघटन गर्नुपर्ने जेनजी प्रतिनिधिहरूले राखेको मागको विषय टुंगो लाग्न बाँकी रहेको छ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार राति साढे १० बजेदेखि झन्डै साढे ४ घण्टा अर्थात् आज शुक्रबार बिहान साढे ३ बजेसम्म भएको वार्तामा प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश कार्कीलाई बनाउने सहमति भएको जनाइएको छ।

तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल निष्कर्षमा पुग्न सक्नु भएको छैन । यसका लागि अहिले बिहान ९ बजे पुन: वार्ता गरिने भएको छ।

कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति पनि जेनजीकै प्रस्तावअनुसार भएको हो। शीतल निवासमा विभिन्न चरणमा विभिन्न पक्षसँगको छलफल र परामर्शपछि राष्ट्रपति पौडेल कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्षमा पुग्नु भएको हो।

तर संसद् विघटन गरिनुपर्ने जेनजीहरूको मागमा भने राष्ट्रपतिले निर्णय दिन नसकेकाले आज पुन: वार्ता गर्न लागिएको हो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस