FLASH NEWS

निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरीमनाइदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ भाद्र २२, आईतबार (५ घण्टा अघि)
  • ३८

    Shares

निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरीमनाइदै

आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रम गरी आज सरकारी कर्मचारीले मनाउँदैछन् । दिवसको अवसरमा स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीलगायतका कार्यक्रम तय गरिएको छ ।

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक २०१२ साल भदौ २२ मा पहिलो पटक जारी भएको स्मरणमा हरेक वर्ष आजको दिन निजामती सेवा दिवस मनाउने गरिन्छ । निजामती प्रशासनलाई स्थायी सरकारको रूपमा समेत लिने गरिन्छ । निजामती सेवामा झन्डै ८५ हजार कर्मचारी छन् ।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा काठमाण्डौमा हुने मूल समारोहमा वर्षभरी भएको काममा कर्मचारीको मूल्याङ्कन गरी एक जनालाई सर्वोत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जनालाई निजामती पुरस्कारको घोषणा गरिन्छ ।

अहिले निजामती सेवाका कर्मचारीले तीन तहका सरकार–सङ्घ, प्रदेश र पालिकामा बाँडिएर काम गरिरहेका छन् ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस