FLASH NEWS

“टोलटोलकोखबर डटकम चौथो वर्षमा: सत्य, समर्पण र स्थानियताको यात्रामा”

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ भाद्र २०, शुक्रबार (१८ घण्टा अघि)
  • ८४

    Shares

“टोलटोलकोखबर डटकम चौथो वर्षमा: सत्य, समर्पण र स्थानियताको यात्रामा”

धादिङ, थाक्रे — ग्रामीण भेगको छायाँबाट उठेको एउटा सशक्त आवाज — आर डि मिडिया हाउस द्वारा संचालित टोलटोलकोखबर डट कम अनलाइन आज आफ्नो तेस्रो वार्षिकोत्सव पार गर्दै चौथो वर्षमा प्रवेश गरेको छ। २०७९ सालमा धादिङ जिल्लाको थाक्रे गाउँपालिकाबाट सुरु भएको यस अनलाइन समाचार पोर्टलले राजधानीको चिल्ला सडकभन्दा टाढा, गाउँगाउँको माटोबाट उदाएको पत्रकारिताको नयाँ परिचय स्थापित गरेको छ।

“हामी केवल समाचार सम्प्रेषण गर्ने माध्यम होइनौं,” टोलटोलकोखबर डटकमका प्रमुख  भन्छन्, “हामी तिनै आवाजविहीनका कथा  बाहिर लेराउछौ , जो कहिल्यै मुलधारका  मिडियामा देखा पर्दैनन् तर समाज रूपान्तरणको मूल शक्ति हुन्।”

यस अनलाइनले गाउँमा किसानको पसिना, शिक्षकको प्रेरणा, आमाको साहस, युवाको जोश, महिलाको नेतृत्व र समुदायको एकता — यी नै टोलटोलकोखबरको सामग्री हुन्। कुलो निर्माणदेखि गोरेटो सफाइसम्म, घरेलु हिंसाविरुद्धको आवाजदेखि स्थानीय चाडपर्वको उल्लाससम्म, साना तर प्रभावशाली हरेक सामाजिक प्रयासलाई समाचारको मुख्य हेडलाइन बनाउँदै आएको छ  ।

सुरुआती दिन हरुमा प्रविधिको अभाव, इन्टरनेटको असहज पहुँच, बिजुलीको समस्या, स्रोत-साधनको कमीलगायत दर्जनौँ चुनौती विच पनि टोलीले निरन्तरता दिएको संघर्ष प्रेरणादायी छ। मोबाइल डेटा प्रयोग गरेर रिपोर्टिङ, गोठमा बसेर भिडियो सम्पादन, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद — यी सबै उदाहरणले देखाउँछ कि साँचो पत्रकारिता प्रविधि होइन, प्रतिबद्धता र निष्ठाले बाँच्दछ।

आज टोलटोलकोखबर सँग फेसबुक पेज, युट्युब च्यानलजस्ता डिजिटल प्लेटफर्महरू छन्। तर यसको सबैभन्दा ठूलो सम्पत्ति भनेको आम समुदायको विश्वास र साथ हो। यही विश्वासले गर्दा आज यो माध्यम ग्रामीण जनताको साझा आवाज बनेको छ।

संस्थाले सम्पूर्ण पाठक, दर्शक, स्रोता, विज्ञापनदाता, शुभचिन्तक र शुभेच्छुकहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि साथ र सुझावको अपेक्षा राखेको छ।

“हामीलाई थाहा छ, अझ धेरै चुनौतीहरू बाँकी छन्। तर हामीसँग स्थानीय माया छ, सत्यको साथ छ, र परिवर्तनप्रतिको अटुट चाहना छ,”  संस्थाले उल्लेख गरेको छ।

टोलटोलकोखबर डटकम यो केवल अनलाइन पोर्टल मात्र होइन, आवाज बिहिनहरुको आवाज र गाउँको कथा बोल्ने, परिवर्तनको बीउ रोप्ने, र साँचो पत्रकारिताको उदाहरण बन्ने एउटा जुझारु प्रयास हो।

राजाराम डंगोल
प्रमुख टोलटोलको खबर डटकम

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस