३३
Sharesधुनिबेसी, धादिङ : नेपाली नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा भाद्र १० गते धुनिबेसी-७, नौबिसेस्थित निर्वेश्वर मन्दिर प्राङ्गणमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ।
राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजना तथा राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति, धादिङको सह-आयोजकको रूपमा हुन लागेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ, धुनिबेसीको व्यवस्थापन रहेको छ।
धुनिबेसी नगरपालिका र वडा नं. ४, ६, ७, र ८ प्रवर्द्धक रहने आयोजकले जनाएको छ । कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधि, ख्याती प्राप्त कलाकार हरु , संगीतकर्मी, महिला समूह तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहने समेत जनाइएको छ।
कार्यक्रमको मिडिया पार्टनर टोलटोलको खबर डटकम रहेको छ।