FLASH NEWS

देशभर बदली, यी परदेशमा भारी वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ श्रावण २५, आईतबार (१ दिन अघि)
  • ५९

    Shares

देशभर बदली, यी परदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ:  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आज देशभर मौसम बदली हुने भएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा केही ठाउँमा र मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्छ।

आज राति पनि देशभर मौसम सामान्यतया बदली रहनेछ। मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस