FLASH NEWS

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ श्रावण २०, मंगलबार (१६ घण्टा अघि)
  • ७२

    Shares

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

बानियाँ ११० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपा एमाले गठबन्धनको समर्थनमा ६४ सांसदको बहुमतका आधारमा सरकार प्रमुख बन्नुभएको हो । मकवानपुर घर भएका बानियाँ कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत हुनुहुन्छ । उहाँ डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामापछि बागमतीको नेतृत्व सम्हाल्ने छैटौं व्यक्ति हुनुहुन्छ । मकवानपुरबाट यो जिम्मेवारी पाउने बानियाँ दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि बागमतीका पहिलो मुख्यमन्त्री डोरमणि पौडेल पनि मकवानपुरका हुनुहुन्थ्यो ।

बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज शपथ ग्रहण गरेसँगै एमालेका तर्फबाट मन्त्री बन्ने व्यक्तिहरूको नाम प्रायः टुङ्गिएको छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस