FLASH NEWS

धार्के-सितापाईला सडकमा हात्ति गाडी दुर्घटना एक घाइते

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ श्रावण २०, मंगलबार (१५ घण्टा अघि)
  • १७४

    Shares

धार्के-सितापाईला सडकमा हात्ति गाडी दुर्घटना एक घाइते

धार्के सितापाईला सडकमा मँगलबार दिउँसो फेरि अर्को दुर्घटना भएको छ । धादिङको धुनिवेशी–५ फुलौरे स्थित उक्त सडक खण्डमा काठमाण्डौबाट धार्के तर्फ आइरहेको बा.प्र.०१–०२५ च ९४८९ नं. को हात्ति गाडीले पैदलयात्रीलाई ठक्कर दिएर दुर्घटना भएको हो ।

गाडीको ठक्करबाट सोहि वडाको राईगाउँ बस्ने अन्दाजी ३२÷३३ वर्षको बिक्कि तामाङ घाईते भएका छन् । घाईते तामाङको टाउको र दाहिने कोखामा चोट लागेको छ । उहालाई उपचारको लागि काठमाण्डौँ पठाईएको छ । हात्ति गाडी र चालक प्रहरी चौकी जिवनपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय यो धार्के सितापाईला सडकमा दुर्घटनाको सँख्या बढेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस