९८
Sharesधादिङ : धुनिवेशी नगरपालिका–५ मा प्रथम राष्ट्रिय कोदो दिवस २०८२ “कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारासहित भव्य रूपमा मनाइएको छ।
जिल्ला कृषि विकास कार्यालय धादिङको आयोजना तथा कृषि रेडियो १०१.५ मेगाहर्जको सहकार्यमा सम्पन्न कार्यक्रममा जीवनपुर साना किसान सहकारी संस्था लि. को समन्वय रहेको थियो भने रेडियो राजमार्ग ९२.१ मेगाहर्ज सञ्चार साझेदारका रूपमा रहेको थियो।
कोदो खेतीप्रति कृषकलाई जागरुक बनाउन आयोजित कार्यक्रममा धुनिवेशी सहकारी संघका अध्यक्ष बाशु बास्कोटाले कोदो रैथाने वाली भएकाले सहकारीहरूले यस्ता बालिको संरक्षण गर्न थालेको बताउँदै आगामी दिनमा थप योजना बनाएर यस्ता कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो।
कार्यक्रममा जीवनपुर साना किसान सहकारीका अध्यक्ष राजेश रुचालले स्वागत गर्नु भएको कार्यक्रममा धुनिवेशी नगरपालिकाको कृषि शाखाका प्राविधिक सन्तोष खड्काले कोदोको महत्व र प्राविधिक पक्षबारे प्रकाश पार्दै यसको स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव, रोग प्रतिरोधात्मक क्षमता, तथा बजारीकरणको सम्भावना बारे जानकारी दिनुभयो।
यस्तै नगरपालिकाका शिक्षा शाखा प्रमुख कर्ण बहादुर भुवाजीले विद्यालयको दिवा खाजामा कोदाजन्य परिकार समावेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमका विशेष अतिथि धुनिवेशी–५ का वडा अध्यक्ष विशाल भट्टराइले शुभकामना दिनु हुदै किसानहरूलाई आफु र स्थानीय तहबाट हुने सक्दो सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा धुनिवेशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसीले कोदो सम्बन्धी आफ्ना अनुभव साझा गर्दै रैथाने बालिका रूपमा कोदोको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो।
कार्यक्रमको सभाध्यक्ष तथा जिल्ला कृषि विकास कार्यालयका कृषि अधिकृत जयराम अधिकारीले कोदोजस्तो पौष्टिक अन्नलाई खेती र दैनिक आहारमा समावेश गर्न आग्रह गर्दै यसको विविध फाइदाबारे जानकारी गराउनुभयो।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, किसान, सञ्चारकर्मी, स्थानीयवासी, जनप्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भने किसान हरुले आफ्ना अनुभब राख्नुको साथै र कोदो खेतीको लागि चाहिले प्राबिधिक ज्ञानको विषयमा पनि जानकारी लीएका थिए।