FLASH NEWS

नृबेश्वर महादेव मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ श्रावण १०, शनिबार (५ महिना अघि)
  • ३२६

    Shares

नृबेश्वर महादेव मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न

धादिङ:    धादिङको धुनिबेशी नगरपालिका–७, नौबिसे स्थित नृबेश्वर महादेव मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय खानीखोलाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रहरी टोलीसहित धुनिबेशी–७ का वडा अध्यक्ष यदुनाथ पाठक स्थानिय बासिन्दाहरूको सहभागिता रहेको थियो।

मन्दिर परिसरमा प्लास्टिक, झारपात, धूलो-माटो हटाई सफा वातावरण सृजना गर्न प्रहरी तथा स्थानीयहरूले श्रमदान गरेका थिए।
धार्मिक स्थललाई सफा, स्वच्छ तथा व्यवस्थित बनाउनुका साथै सर्वसाधारणमा सरसफाईप्रति सचेतना फैलाउनु रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख नन्दराज जोशीले यस्ता गतिविधिबाट समुदाय–प्रहरी सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ।

स्थानीय बासिन्दाहरूले पनि यस्तो सकारात्मक पहलप्रति प्रसंसा व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्नुपर्ने बताएका छन्।  

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस