FLASH NEWS

इलाका प्रहरी कार्यालय खानिखोला द्वारा सवारी दुर्घटना न्यूनीकरणका लागि संयुक्त चेकिङ अभियान सञ्चालन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ श्रावण १, बिहिबार (६ घण्टा अघि)
  • ११३

    Shares

इलाका प्रहरी कार्यालय खानिखोला द्वारा सवारी दुर्घटना न्यूनीकरणका लागि संयुक्त चेकिङ अभियान सञ्चालन

तस्विर : इलाका प्रहरी कार्यालय खानीखोलाको फेसबुक बाट

धादिङ, खानिखोला :    सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि इलाका प्रहरी कार्यालय खानिखोला अन्तर्गत विभिन्न ट्राफिक र प्रहरी निकायहरूले संयुक्त चेकिङ तथा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

इलाका प्रहरी कार्यालय खानिखोला मातहतका अस्थायी ट्राफिक प्रहरी पोष्ट खानिखोला, प्रहरी चौकी महादेववेशी, प्रहरी चौकी जिवनपुर, अस्थायी ट्राफिक प्रहरी पोष्ट महादेववेशी, अस्थायी प्रहरी पोष्ट खत्रीपौवा र अस्थायी ट्राफिक प्रहरी पोष्ट खत्रीपौवाले नियमित रूपमा संयुक्त रूपमा ट्राफिक प्रहरी समेटिएको चेकिङ सञ्चालन गरिरहेका छन्।

उक्त अभियान अन्तर्गत निम्न बुँदाहरूमा विशेष ध्यान दिइएको छ:

ट्राफिक नियमको कडाइका साथ पालना गराउने।

मादक पदार्थ सेवन, लागू औषध प्रयोग, ओभरलोड, तथा अवैध सवारी सञ्चालनमा कडाइ।

चालक तथा यात्रुहरूमा ट्राफिक सचेतना अभिवृद्धिका लागि जनचेतनामूलक अभियान।

दुर्घटना सम्भावित स्थान (हटस्पट) हरूमा विशेष निगरानी।

नेपाल प्रहरीले “सुरक्षित यात्रा, जिम्मेवार सवारी” भन्ने नाराका साथ सवारी सुरक्षा सबैको साझा जिम्मेवारी भएकोमा जोड दिएको छ।

नेपाल प्रहरीको भनाइमा, “हामी सबैको सानो प्रयासले ठूला दुर्घटनाहरूलाई रोक्न सकिन्छ। दुर्घटना न्यूनीकरण हाम्रो साझा लक्ष्य हो।”

नेपाल प्रहरी जनताको जीवनरक्षा र दुर्घटनारहित सडकको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्दै ट्राफिक नियमको पालना गर्न सबै सवारी चालक र यात्रुहरूलाई आग्रह गरिएको इलाका प्रहरिकार्यलायाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस