FLASH NEWS

नवनियुक्त प्रेस काउन्सिलका सदस्य बालकृष्ण अधिकारीलाई गृह जिल्ला धादिङमा स्वागत

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ २९, आईतबार (७ घण्टा अघि)
  • ५८

    Shares

नवनियुक्त प्रेस काउन्सिलका सदस्य बालकृष्ण अधिकारीलाई गृह जिल्ला धादिङमा स्वागत

धादिङ:    प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त हुनुभएका पत्रकार बालकृष्ण अधिकारीलाई गृह जिल्लामा स्वागत गरिएको छ ।

नेपाल पत्रकार महासंघ धादिङ शाखाले असार २९ गते आईतबार एक अनौपचारिक कार्यक्रमको आयोजना गरी काउन्सिलका सदस्य अधिकारीलाई गृहजिल्लामा स्वागत गर्दै बधाई दिएको हो ।

महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा भएको स्वागत तथा बधाई कार्यक्रममा वोल्दै प्रेस काउन्सिलका नवनियुक्त सदस्य अधिकारीले विद्यमान ऐन कानून र निती नियमको अधिनमा रहेर प्रेस स्वतन्तत्राको संरक्षण, मर्यादित पत्रकारिता र पत्रकारहरुको क्षमता विकासका लागि आँफू निरन्तर लागिरहने बताउनु भयो ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वासिन्दा बालकृष्ण लामो समयदेखि काठमाण्डौंमा रहेर पत्रकारितामा कृयाशिल हुनुहुन्छ ।

गत जेठ १९ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारी सहित अन्य ६ जनालाई प्रेस काउन्सिल नेपालको रिक्त सदस्य पदमा नियुक्त गरिएको थियो ।
अधिकारी संगै निमा कुमारी काफ्ले (कञ्चनपुर), भीमलाल श्रेष्ठ (गोरखा), शन्तराम बिडारी (मकवानपुर), पदमराज जोशी (बैतडी) र नकुल अर्याल (चितवन)सदस्य पदमा नियुक्त हुनु भएको थियो।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस