FLASH NEWS

त्रिशूली नदीको बाढीमा फसेका २ जनाको हेलिकोप्टरबाट उद्धार

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ २४, मंगलबार (२ दिन अघि)
  • ८९

    Shares

त्रिशूली नदीको बाढीमा फसेका २ जनाको हेलिकोप्टरबाट उद्धार

एक्कासि आएको बाढीले त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका नुवाकोट, विदुर नपा-१ लभडाँडा मिलन चौतारा बस्ने वर्ष ६७ को पाल्देन तामाङ र श्रीमती वर्ष ६२ को मंगली तामाङको उद्वार गरिएको विपद प्राधिकरणले जानकारी दिएको छ ।

उनीहरूको साढे २ घण्टापछि उद्वार गरिएको हो । उनीहरू त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको बर्षाको कारण एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेको थिए ।

बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसेका थिए । हावा र पानीको बहाबका कारण उद्धारमा कठिनाइ भएको थियो ।
हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस