FLASH NEWS

सङ्घीय संसद्का दुवै बैठक बस्दै

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ अषाढ २४, मंगलबार (२ दिन अघि)
  • ५९

    Shares

सङ्घीय संसद्का दुवै बैठक बस्दै

काठमाडौं:  आज (मंगलबार) सङ्घीय संसद्को दुवै सदन — प्रतिनिधिसभा र राष्ट्रियसभा — को बैठक बस्ने भएको छ। दुवै बैठक संसद् भवन, नयाँ बानेश्वरमा अपराह्न हुने तय भएको छ।

प्रतिनिधिसभाको बैठक अपराह्न १:०० बजे सुरु हुनेछ। बैठकको कार्यसूचीअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक’ मा राष्ट्रियसभाबाट गरिएका संशोधनहरूबारे विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ।

साथै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति; युवा तथा खेलकुद; तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि रहेको छ।

त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे सुरु हुनेछ। उक्त बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्रीले दिने छन्।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस