काठमाडौँ : राष्ट्रिय सभाको बैठक आज मंगलबार दिउँसो १२:१५ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ।



बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल हुनेछ। त्यसअनुसार सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयका शीर्षकमाथि छलफल हुने कार्यसूची छ।
त्यस्तै, ११ वटा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूद्वारा प्रस्तुत गरिनेछ।
राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त ‘नागरिकता विधेयक–२०८२’ को सन्देश सभा समक्ष टेबुल गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल ऐन संशोधन विधेयक, २०८० समेत पारित गरिने कार्यसूचीमा रहेको संसद् सचिवालयले जानकारी दिएको छ। साथै, राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका बारेमा पनि सभालाई जानकारी गराइनेछ।