FLASH NEWS

धादिङ अस्पतालमा डायलसिस सेवा थप सशक्त, तीन सिफ्टमा सेवा सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ १६, सोमबार (८ घण्टा अघि)
  • ६४

    Shares

धादिङ अस्पतालमा डायलसिस सेवा थप सशक्त, तीन सिफ्टमा सेवा सुरु

धादिङ :     मिर्गौला रोगीहरूका लागि राहत दिने गरी धादिङ अस्पतालले आजदेखि डायलसिस सेवा तीन सिफ्टमा विस्तार गरेको छ। यससँगै दैनिक करिब ३५ जना बिरामीहरूले सेवा लिन सक्ने भएका छन्।

यसअघि पाँचवटा डायलसिस मेसिनमार्फत सिफ्टअनुसार सेवा दिइँदै आए पनि मेसिनको सीमितताका कारण सबै बिरामीलाई समेट्न कठिन भइरहेको थियो। बिरामीहरूको चाप बढेपछि बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले थप दुईवटा डायलसिस मेसिन उपलब्ध गराएपछि सेवा विस्तार सम्भव भएको अस्पताल स्रोतले जनाएको छ।

अस्पताल व्यवस्थापनले बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाप्रति आभार व्यक्त गर्दै, उहाँको सहयोगले पूर्व घोषणा अनुसार सेवा विस्तार गर्न सकिएको जनाएको छ।

हाल पनि १३ जना बिरामी सेवा प्रतीक्षामा रहेको र बिग्रिएका मेसिनहरूको मर्मत कार्य तीव्र गतिमा अघि बढाइएको अस्पतालले जनाएको छ। साथै, थप दुईवटा मेसिन थप्ने प्रयास पनि भइरहेको व्यवस्थापन पक्षले जनाएको छ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष राधिका सापकोटाका अनुसार,”प्राविधिक उपकरणहरूमा समस्या आउनु स्वाभाविक हो। गाडीजस्तै, मेसिन पनि कहिले काहीँ बिग्रन सक्छ। तर, प्रविधि, बीमा प्रणाली र जनशक्ति अभावजस्ता केही पक्ष हाम्रो पूर्ण नियन्त्रणमा नहुन सक्छन्।”साथै, व्यवस्थापनले सेवा सुधारमा जनाइएको चासो र सुझावप्रति धन्यवाद व्यक्त गर्दै, सामाजिक सञ्जालमा अतिरञ्जन नगरी यथार्थ बुझ्न र समाधानमा सघाउन सबैमा आग्रहसमेत गरेको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस