FLASH NEWS

धुनिबेशी–८ मा २२औं राष्ट्रिय धान दिवस उत्साहपूर्वक सम्पन्न

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८२ अषाढ १५, आईतबार (१ दिन अघि)
  • ११७

    Shares

धुनिबेशी–८ मा २२औं राष्ट्रिय धान दिवस उत्साहपूर्वक सम्पन्न

धादिङ:    धादिङको धुनिबेशी नगरपालिका–८ मा आज २२औं राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाइएको छ। ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ असार १५ गते विशेष कार्यक्रमको आयोजना गरिएको हो।

नगरपालिकाको आयोजनामा तथा निलकण्ठेश्वर बुहारी समूहको सह–आयोजनामा सम्पन्न कार्यक्रममा परम्परागत पञ्चे बाजासहित रोपाइँ गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्नु हुदै नगर प्रमुख बालकृष्ण आचार्यले यस्ता महत्वपूर्ण कृषि–संस्कृति प्रवर्द्धन गर्ने कार्यक्रमहरूमा नगरपालिकाले सदैव साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले खेतबारी बाँझो नराख्न आग्रह गर्दै “मानो रोपेर मुरी फलाउने” नेपाली परम्परालाई अझ जीवन्त बनाउँदै धान उत्पादनमा आत्मनिर्भर हुन सबैलाई आह्वान गर्नुभयो। उहाँले धान रोप्न उपयुक्त सबै क्षेत्रहरूमा खेती गर्ने हो भने खाद्यान्न अभाव नहुने स्पष्ट पार्नुभयो।

कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्य, पूर्व उप–प्रमुख निरु खरेल, विभिन्न शाखा प्रमुख तथा प्रतिनिधिहरू, नेपाल प्रहरी, स्थानीय संघ–संस्था, समुदायका अगुवा तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस