२०७
Sharesधादिङ: धुनिबेशी नगरपालिका–५, अमलेचौरमा स्थानीय महिलाहरूका लागि सञ्चालन गरिएको सात दिने अचार उत्पादन सम्बन्धी सीपमूलक तालिम मंगलबार सम्पन्न भएको छ। तालिम उद्योग तथा वाणिज्य कार्यालय, धादिङबेसीको आयोजनामा तथा धुनिबेशी नगरपालिका र वडा कार्यालयको समन्वयमा असार ४ गतेदेखि सुरु गरिएको थियो।
तालिम समापन समारोह उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीका प्रमुख चुडामणि पुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं. ५ का अध्यक्ष विशाल भट्टराईले तालिमले महिलाहरूको सीप र आत्मनिर्भरता विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै आयोजक टोलिलाई धन्यवाद दिनु भयो । उहाले सहभागी महिलाहरूलाई सिकेका सीपहरू व्यवहारमा उतार्न आग्रह समेत गर्नु भयो
धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले कार्यक्रमप्रति प्रशंसा गर्दै नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता महत्वपूर्ण तालिमहरू प्रदान गर्दै जाने प्रतिबद्धता जनाउदै “केवल तालिम लिएर बस्ने होइन, व्यवसायिक योजनासहित आउने व्यक्तिलाई वडा तथा नगरपालिकाबाट आवश्यक समन्वय र सहयोग प्रदान गरिने समेत बताउनु भयो।
७२ जना महिलाको सहभागिता रहेको उक्त तालिममा रजनी लामा, गङ्गा लामा, लिला गौतम, पम्फी तामाङ र रबिना गुरुङले सहजीकरण गर्नु भएको थियो । तालिमको उद्देश्य स्थानीय महिलाहरूलाई अचार उत्पादनको सीप प्रदान गर्दै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु रहेको आयोजकले जनाएको छ।
समापन समारोहमा उद्योग तथा वाणिज्य कार्यालयका राजेन्द्र प्रसाद कोइरालाले सञ्चालन गर्नु भएको कार्यक्रममा पूर्व उप–प्रमुख निरु खरेल, वडा सदस्य सरिता आचार्य, सहकारी कर्मी प्रमिला पण्डित, रेडक्रस धुनिबेशी उपसाखाका सभापति रामबाबु रेग्मी लगायत तालिम सहभागीहरूको उपस्थिति रहेको थियो।
आरु तस्विर हेर्न यहा क्लिक गर्नुहोस