FLASH NEWS

देशका केही भू–भागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ अषाढ ६, शुक्रबार (४ घण्टा अघि)
  • ५०

    Shares

देशका केही भू–भागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं: देशभर मनसुनी वायुसँगै वर्षाको क्रम जारी रहेको छ। आज पनि केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार गएरातिदेखि नै बर्दिया जिल्लाका दौलतपुर, बर्गादही, राम्भापुर, रानिजरुवा र कुम्रा गाउँ वर्षामापन केन्द्रमा भारीदेखि अति भारी वर्षा मापन गरिएको छ।

गण्डकी र लुम्बिनी प्रदेशका गोर्खा, लमजुङ, कास्की, पर्वत, पाल्पा, बागलुङ लगायत क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षा भएको छ। ती क्षेत्रमा प्रमुख नदी तथा खोलानालामा जलसतह बढ्नसक्ने, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहनसक्ने र होचा तथा नदी किनारका क्षेत्रहरूमा डुबानको सम्भावना रहेको विभागले चेतावनी दिएको छ।

विशेषगरी लमजुङको खुदी बजार आसपास क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। खुदी खोलामा जलसतह बढेको र तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

कोसी, वाग्मती, र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ।

कोसी र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावनासमेत रहेको विभागले जनाएको छ।

रातिपनि देशको पहाडी भागमा केही स्थान र अन्यत्र थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल देशका कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशको पश्चिमी भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव देखिएको विभागले जनाएको छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस