FLASH NEWS

 नेकपा एमाले धादिङको प्रतिनिधि परिषद् बैठक यही असार ७ गते हुने , वरिष्ठ उपाध्यक्ष पोखरेलबाट उद्घाटन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ ६, शुक्रबार (५ महिना अघि)
  • २०६

    Shares

 नेकपा एमाले धादिङको प्रतिनिधि परिषद् बैठक यही असार ७ गते हुने , वरिष्ठ उपाध्यक्ष पोखरेलबाट उद्घाटन

धादिङ:   नेकपा एमाले धादिङ जिल्ला कमिटीले यही असार ७ गते प्रतिनिधि परिषद् बैठक आयोजना गर्ने भएको छ। उक्त बैठकको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने तय भएको छ।

जिल्ला सचिव राधिका सापकोटाका अनुसार, बैठकमा जिल्ला अधिवेशनमा निर्वाचित प्रतिनिधिहरु, जिल्ला कमिटी सदस्यहरू र विभिन्न पालिकाबाट प्रतिनिधित्व गर्ने गरी जम्मा ५७८ जना सहभागी हुनेछन्।

बैठकमा पार्टीको हालसम्मको कामकाजको समीक्षा, आगामी कार्ययोजना निर्माण, विधान संशोधन सम्बन्धी सुझाव संकलन लगायतका विषयमा समूहगत छलफल हुने बताइएको छ। प्रत्येक पालिकाका प्रतिनिधिहरूले आ–आफ्नो समूहमा छलफल गरी निष्कर्ष प्रस्तुत गर्ने व्यवस्था मिलाइएको छ।

सचिव सापकोटाले बैठकले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यगत एकता मजबुत पार्ने र आगामी रणनीतिहरूको स्पष्ट मार्गचित्र तय गर्ने अपेक्षा गरिएको जानकारी दिनुभयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस