FLASH NEWS

सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ ५, बिहिबार (४ घण्टा अघि)
  • ३४

    Shares

सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम सम्पन्न

धादिङ: सहयात्री समाज नेपालको आयोजनामा मुग्लिन–पोखरा सडक सुधार परियोजना अन्तर्गत सामाजिक सचेतना तथा जीविकोपार्जन सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ।

शुक्लागण्डकी नगरपालिका अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा विभिन्न सामाजिक र स्वास्थ्यसम्बन्धी विषयमा चेतनामूलक सन्देश दिइएको थियो।

कार्यक्रममा एचआईभी/एड्स, मानव बेचबिखन, यौनजन्य हिंसा तथा दुव्र्यवहार, लागूऔषधको दुरुपयोग, र सडक सुरक्षा जस्ता महत्वपूर्ण विषयमा जानकारी प्रदान गरिएको सहयात्री समाज नेपालले जनाएको छ।

कार्यक्रममा सामाजिक परिचालक गीता खनाल र ऋषि दुवाडी ले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै व्यवहारिक पक्षमा आधारित प्रशिक्षण दिनु भएको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक संवेदनशीलता र व्यक्तिगत सुरक्षाप्रति चेतना अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस