१०६
Sharesथाक्रे (धादिङ) : थाक्रे गाउँपालिका वडा नम्बर ३ स्थित भुमेस्थान स्वास्थ्य चौकीमा आ.व. २०८१/८२ को दोस्रो अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न उक्त समिक्षा कार्यक्रममा उक्त स्वास्थ्य चौकी अन्तर्गत कार्यरत स्वास्थ्य स्वयसेविकाहरूले समुदायस्तरमा सञ्चालन गरेका विभिन्न स्वास्थ्य गतिविधि, सेवाहरु तथा कार्यक्रमहरुको समिक्षा गरिएको थियो।
स्वास्थ्य चौकी प्रमुख संगीता पाख्रिनका अनुसार चालु आर्थिक वर्षमा समुदायमा प्रभावकारी स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सञ्चालित कार्यक्रमहरूको मूल्यांकन गरिनुका साथै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आवश्यक योजना तथा कार्यक्रमहरूको तर्जुमा पनि गरिएको छ।
कार्यक्रममा सहभागीहरूले आ–आफ्नो अनुभव साटासाट गर्नुका साथै सेवा प्रवाहमा देखिएका चुनौती र समाधानका उपायहरूबारे समेत छलफल गरिएको पाख्रिनले टोलटोलको खबर डटकमलाइ जानकारी दिनु भयो।