FLASH NEWS

नीलकण्ठ नगरपालिकाको अग्रसरतामा विपद् र फोहोर व्यवस्थापनबारे अन्तरक्रिया

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ ५, बिहिबार (४ घण्टा अघि)
  • ५१

    Shares

नीलकण्ठ नगरपालिकाको अग्रसरतामा विपद् र फोहोर व्यवस्थापनबारे अन्तरक्रिया

धादिङ :     सदरमुकाम धादिङबेँशीमा विपद् जोखिम न्यूनीकरण र प्लास्टिकजन्य फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बुधबार सिविसको आयोजनामा “विपद् जोखिम न्यूनीकरण र प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा स्थानीय सरकारको भूमिका, नीतिगत व्यवस्था र योजना” शीर्षकमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय सरकारको भूमिका, नीति र कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले खोज, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका लागि विपद् प्रतिकार्य योजना तयार पारिएको जानकारी दिनुभयो। साथै, जोखिमयुक्त स्थानहरूको पहिचान गरी आवश्यक पर्दा तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा नगरपालिकाको टोली खटिरहेको बताउनुभयो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले फोहोर व्यवस्थापनसम्बन्धी जानकारी प्रस्तुत गर्दै नगरपालिकाले आफ्नै ऐनमार्फत कम्पोस्ट मल उत्पादन गरी बिक्री गर्दै आएको र अन्य फोहोर डम्पिङ साइटमार्फत व्यवस्थापन भइरहेको जानकारी दिनुभयो। उहाँले यस्तो कार्य सबै पक्षको समन्वय र निरन्तर सहयोगबिना सम्भव नरहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, गैसस महासंघ बागमतीका पूर्वअध्यक्ष दामोदर अर्याललगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिँदै विपद् पूर्वतयारीमा स्थानीय तहको सक्रियता प्रशंसनीय रहेको धारणा राखे। साथै, वातावरणीय स्वच्छतामा निरन्तर काम गर्न स्थानीय तहलाई आग्रह गरे।

कार्यक्रममा नीलकण्ठ नगरपालिका अन्तर्गतको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रका कार्यकारी प्रमुख रोशन कोइरालाले विपद् नीतिहरू र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्नुभयो। त्यस्तै, स्वास्थ्य शाखाका शिव रानाले फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी नीतिगत व्यवस्था र कार्ययोजनाबारे प्रस्तुति दिनुभयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस