FLASH NEWS

थाक्रे९ मा सुनौलो हजार दिनका आमाहरूका लागि पोषण विशेष अभिमुखीकरण तथा लेखाजोखा कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ ३, मंगलबार (२ महिना अघि)
  • २६६

    Shares

थाक्रे९ मा सुनौलो हजार दिनका आमाहरूका लागि पोषण विशेष अभिमुखीकरण तथा लेखाजोखा कार्यक्रम सम्पन्न

धादिङ :  थाक्रे गाउँपालिका–९ स्थित छाप चौतारा आधारभूत स्वास्थ सेवा केन्द्र  ‘सुनौलो १००० दिन’ का आमाहरूलाई लक्षित गरी पोषण विशेष अभिमुखीकरण तथा लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी आमाहरुलाई मातृ तथा शिशु स्वास्थ्य, सन्तुलित आहार, स्तनपान, पोषणयुक्त खानेकुराको महत्व, र सरसफाइ सम्बन्धी विषयमा जानकारी दिइएको थियो। स्वास्थ्यकर्मीहरूले गर्भावस्था र सुत्केरी अवस्थाका महिलाहरूलाई पोषण सम्बन्धी सावधानीहरू र शारीरिक–मानसिक विकासमा पोषणको भूमिकाबारे जानकारी गराएका थिए।
सुनौलो हजार  दिन कार्यक्रम अन्तर्गत गर्भावस्थाको पहिलो दिनदेखि शिशु २ वर्ष पुग्दासम्मको समयलाई अत्यन्त संवेदनशील र महत्वपूर्ण मानिन्छ। यस अवधिमा आमाको स्वास्थ्य तथा शिशुको पोषण स्तरले दीर्घकालीन स्वास्थ्यमा असर गर्ने भएकाले यस्ता सचेतनामूलक कार्यक्रमको प्रभावकारी भूमिका रहेको बताइएको छ।
कार्यक्रम थाक्रे गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको हो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस