FLASH NEWS

थाक्रेमा अन्तर्राष्ट्रिय आध्यात्मिक तथा आरोग्य केन्द्र निर्माण सुरु, २ अर्बको लगानी

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ २, सोमबार (६ घण्टा अघि)
  • १३८

    Shares

थाक्रेमा अन्तर्राष्ट्रिय आध्यात्मिक तथा आरोग्य केन्द्र निर्माण सुरु, २ अर्बको लगानी

राजाराम डंगोल , थाक्रे/धादिङ :    धादिङको थाक्रे गाउँपालिका ७, सुवारामा अन्तर्राष्ट्रिय आध्यात्मिक तथा आरोग्य केन्द्र “जीवन विज्ञान धाम” को निर्माण सुरु गरिएको छ। झण्डै २ अर्ब रुपैयाँको लगानीमा ७१ रोपनी क्षेत्रफलमा फैलिएको यस केन्द्रलाई आधुनिक आरोग्य पर्यटनको नमुना स्थलका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

जेठ ३१ गते धादिङको धुनिवेशी ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयको प्राङगणमा जीवन विज्ञान जिल्ला परिषद् धादिङको आयोजनामा शिक्षा, विकास र आरोग्यताका लागि स्वजागरण कार्यक्रम बोल्नु हुदै केन्द्र निर्माणको लागि थाक्रे गाउपालिका र वडाले सडक ,बिधुत र खानेपानीको ब्यबस्था मिलाउनुको साथै अन्य बिभिन्न विषयमा साथ र सहयोग गर्ने बताउनु भयो।

यस्तै धुनिबेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले पनि धाम निर्माको लागि सबै सरसल्लाह तथा समन्वय गरि नगरले गर्नुपर्ने साथ् सहयोग गर्ने बताउनु भयो। यस्तै थाक्रे ७ का वडा अध्यक्ष युवराज खतिवडाले पनि टोलटोलको खबर डट कम सित कुरा गर्नु हुदै उक्त कार्यमा वडा बाट सकिने सहयोग गर्ने बिभिन्न कुरामा आफु संगै रहेर आफुले गर्न सकिने साथ् सहयोग गर्ने बताउनु भयो।

योग, ध्यान, साधना र अध्यात्मका माध्यमबाट आरोग्य पर्यटनको विकासमा योगदान गर्दै स्वस्थ, शान्त र समृद्ध राष्ट्र निर्माण गर्न ,योग, ध्यान र अध्यात्ममार्फत देशलाई विश्वका लागि आरोग्य पर्यटनको केन्द्र बनाउने राज्यको सङ्कल्पमा सहयोगी बन्न ,हरेक व्यक्तिलाई शारीरिक, मानसिक, भावनात्मक एवं आत्मिक रूपमा कुशल बनाउन , सुख, शान्ति, समृद्धि र आरोग्य जीवनको निर्माणका लागि मार्ग प्रशस्त गर्ने सकारात्मक ऊर्जा प्रवाहको केन्द्र बनाउन, आयुर्वेद, प्राकृतिक चिकित्सा, मनोविज्ञान र आधुनिक चिकित्सा विज्ञानको संयोजन गरी जीवन रूपान्तरण गर्ने प्रयोगशालाको रूपमा विकास गर्ने लक्ष्यका साथ् स्थापना गर्न लागिएको आयोजक ले जनाएको छ।


परोपकार र मानवकल्याणकारी केन्द्रका रूपमा रहने यो धाम निर्माणमा सहभागिता जनाउन चाहने सबैका लागि जीवन विज्ञान सदा खुल्ला र उदार रहनेछ । यस्तै आफूसँग भएका सीप, क्षमता र विशेषज्ञताको योगदान धामका लागि महत्वपूर्ण हुनेछ । धामको पूर्णता र दीर्घकालीन सञ्चालनका लागि यहाँले विभिन्न भौतिक संरचना निर्माण एवम् आर्थिक योगदानमार्फत सहभागिता जनाउन सक्नुहुनेछ । जस्तैः धामभित्रका आवास तथा ध्यानकक्षहरू, पार्क, फलैँचा, मन्दिरलगायतका विभिन्न अलग-अलग संरचना निर्माण गरेर प्रतिष्ठानलाई हस्तान्तरण गर्न सक्नु हुनेछ । नयाँ पुस्ताका लागि उपहारका रूपमा हस्तान्तरण भएका यी ऐतिहासिक संरचनामा विश्व मानव समुदायले युगौं – युगसम्म योग, ध्यान र साधना गर्ने अवसर पाउनेछन् । यस सत्कृत्यले तपाई स्वयं, सकल परिवार एवं आफ्नो कुलवंशमा सुकीर्तिको अनुभव गर्दै आजीवन परितोष रनआनन्द – मङ्गलको अनुभूति हुनेछ ।

मानव समाजको उन्नति, प्रगति र अभ्युदयका साथ आध्यात्मिक जागरण ल्याउने, हरेकको जीवनलाई मूल्यवान र सार्थक बनाउने तथा लोककल्याणका सत्कृत्यहरू प्रवर्धन गर्ने यस महान अभियानमा सबै सहभागी बन्न सकिने छ।

धाम यस्तो बन्छ हेर्नुहोस।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस