FLASH NEWS

जलवायु कृषक पाठशाला सहजकर्ता तालिम प्रशिक्षक प्रशिक्षण शुरु 

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ ३०, शुक्रबार (१९ घण्टा अघि)
  • १०७

    Shares

जलवायु कृषक पाठशाला सहजकर्ता तालिम प्रशिक्षक प्रशिक्षण शुरु 

धादिङ बेसी: जलवायु कृषक पाठशाला सहजकर्ता तालिम प्रशिक्षक प्रशिक्षण ५ दिने तालिम शुक्रवारबाट शुरु भएको छ ।

खनियावास र गंगाजमुना गाउँपालिकाको कृषक समूहबाट छनौट भई आएका बाख्रापालक अगुवा कृषकहरुको लागि प्रशिक्षक प्रशिक्षण तालीम संचालन गरिएको हो । प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी संञ्चालन गरेको उतथानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढीकरण परियोजना अन्तरगत तालीम गरिएको प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुरज खनालले जानकारी दिनु भयो । प्रशिक्षक प्रशिक्षण तालिममा कृषक पाठशालाको परिचय, अवधारणाा, उदेश्य, स्थानीय र उन्नत बाख्रा जात र तिनिहरुको बिेशेषताहरु, बाख्रापालनको लागि आवश्यक आवश्यक पर्ने डाले तथा भुइ घाँसरु,नशल सुधार ,स्थानीय स्तरमा प्रयोय गरिने कच्चा पदार्थ,दाना तथा आहारहरु, राम्रो र बढी उत्पादन दिने बाख्राको जतको छनौट, बाख्रा स्वास्थ्य व्यवस्थापन , बिधिन्न रोगका रोकथाम उपायहरु, बाख्रामा लाग्ने बिभिन्न संक्रामक रोगहरु र तिनिहरुको नियन्रण र उपचार बिधी सम्बन्धी जानकारी मिनरल ब्लक बनाउने बिधी, बाख्रााई लगाउने खोप तथा ओैषधीहरु तथा खुवाउने तरिकाहरुको बारेमा डा शिवहरि घिमिरे र यज्ञराज पाण्डेले सहजिकरण गर्नु हुने प्रयास नेपाल धादिङका पशु स्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी दिनु भयो । तालीममा १८ जना कृषक र प्राविधिक कर्मचारी सहित २२ जनाको सहभागी रहेको र जलबायु कृषक पाठशाला सहजकर्ता प्रशिक्षक प्रशिक्षण तालिम मंगलबारसम्म संचालन हुने प्रयास नेपाल धादिङका प्रशासन तथा लजिष्टिक सहायक राममाया तामाङले जानकारी दिनु भयो । तालिम शुरुवात सत्रमा आड्रा नेपालका जिविकोपार्जन टीम लिडर कविर रत्न स्थापित ,कार्यक्म व्यवस्थापक सुरज आचार्य ,प्रयास नेपाल कार्यकारी निर्देशक दामोदर अर्यालले परियोजना लक्ष्य उदेश्य तथा संचालित क्रियाकलाप र अगुवा कृषकहरुको भुमिका र जिम्मेवारीका बिषयमा सहभागीहरुाई जानकारी गराउनु भएको पनि प्रयास नेपालका प्रशासन सहायक राममाया तामाङले जानकारी दिनु भयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस