८७
Sharesधुनिबेशी : धादिङको धुनिबेशी नगरपालिकामा खाद्य गुणस्तर तथा स्वच्छता सम्बन्धि सरोकारवालाहरुलाई अभिमुखिकरण / अन्तरक्रिया कार्यक्रम भएको छ।
शुक्रबार पालिकाको सभा हलमा एक भएको उक्त अभिमुखिकरण /अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख धुर्ब कुमार अधिकारीले खाद्य पदार्थ भनेको के हो ?खाद्य गुणस्तर तथा स्वच्छता कसरी बनाउन सकिन्छ , गुणस्तरहिन खाद्य पदार्थ बाट हुने बेफाइदाहरु केके हुन, गुणस्तरहिन खाद्य पदार्थ बिक्री वितरण गरे के के दणड सजाय हुन्छ ,नेपालको संविधान २०७२ को धारा ३६ सम्बन्धि जानकारी,खाद्य पदार्थ सम्बन्धि निमावली लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
तेस्तै नगरपालिकाका कृषि शाखा प्रमुख अनन्त ढकालले खाद्य गुणस्तर मुख्य आयामहरु , कृषिमा गर्नुपर्ने तथा अपनाउनु पर्ने कुरा प्रभावित गर्ने कारकहरु उत्पादन भणडार तथा ढुवानी , प्याकेजिङ, मोसावट , कानुनी प्रावधान , तेस्तै कृषिमा बिसादीको कुरा लगायतको विषयमा जानकारी गराउनु भएको थियो ।
यस्तै नगरपालिकाका पशु पन्छी विकास शाखाका प्रमुख सुरज भण्डारीले पशु पन्छी बाट पाइने मासुजन्य खानेकुरा कसरी गुणस्तर तथा स्वच्छता बनाउन सकिन्छ ,यस्का उपायहरु केके हुन सक्छ लगायतको विषयमा जानकारी गराउनु भएको थियो ।
धुनिवेशी नगरपालिका स्वास्थ्य शाखा, जुगेडी, धादिङको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्नु हुँदै नगरपालिकाका उप प्रमुख शुरज उप्रेतीले नगरपालिकाले खाद्यलाई गुणस्तर तथा स्वच्छता राख्नको लागि सबैलाई जानकारी गराउनको लागि पनि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । यस्तै उहाले नगरपालिका भित्र रहेका सबै ब्याबसायी हरुलाइ आफ्नो ब्याबसाय नगरपालिका भित्र अनिवार्य गर्न समेत आग्रह गर्नु भयो ।
स्वास्थ्य शाखाका हेमन्त शुबेदिले संचालन गर्नु भएको उक्त कार्यक्रममा होटल ब्याबसायी , किराना पसल संचालक , नेपाल प्रहरी , नगर प्रहरी , सञ्चारकर्मी लगायतको सहभागीता रहेकोे थियो।