FLASH NEWS

डिभिजन बन कार्यालय धादिङ द्वारा धार्मिक वन समुदायलाई हस्तान्तरण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ २९, बिहिबार (१ दिन अघि)
  • ९२

    Shares

डिभिजन बन कार्यालय धादिङ द्वारा  धार्मिक वन समुदायलाई हस्तान्तरण

धादिङ :    धादिङको दुई वटा धार्मिक बन समुदायलाई हस्तान्तरण गरिएको छ।

बुधबार नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र वडा नम्बर १३ मा रहेका दुई वटा धार्मिक बनलाई डिभिजन बन कार्यालय धादिङले समुदायलाई हस्तान्तरण गरेको हो।

दर्ता भएको बनलाई विभिन्न धार्मिक प्रयोजनको लागि बन कार्यालयले समुदायलाई हस्तान्तरण गरेको हो।

वडा नम्बर ८ मा ससाहमा रहेको शिवालय धार्मिक बन डिभिजन बन कार्यालय प्रमुख विष्णु प्रसाद आचार्यले कार्ययोजना हस्तान्तरण गर्दै अब धार्मिक बन क्षेत्रलाई अझ राम्रो पारेर धार्मिक रुपमा बन संरक्षणमा लाग्न आग्रह गर्नुभयो।

शिवालय धार्मिक बन समूहका अध्यक्ष केशव प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्ययोजना हस्तान्तरण समारोहमा डिभिजन बन कार्यालय धादिङका प्रमुख आचार्यले धार्मिक पर्यटकीय क्षेत्र बनाउन समेत सकिने कार्ययोजनामा रहेकोले समूदायले व्यवस्थापन र प्रयोग गरि शिवलय मन्दिर समेत संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, स्थानिय सामाजिक अगुवा रामप्रसाद अधिकारीले धार्मिक बनको नाममा संरक्षण गर्दा मानव जातिका लागि विकासमा टुवा पुग्नेगरि गर्न समेत आग्रह गर्नुभयो ।

ससाह क्षेत्रको शिवालय मन्दिर क्षेत्रको करिब ४ रोपनी जग्गा क्षेत्रलाई ओगटेर धार्मिक बन सामुदायलाई हस्तान्तरण भएपछि डिभिजन बन कार्यालयको सहयोगमा चौतारो, पार्क, विरुवा संरक्षण, घुम्न र आनन्द लिन आउने स्थान बनाएर प्रबर्द्धन समेत गरिने धार्मिक बन समह उपभोक्ता समितिका शंकर श्रेष्ठले जानकारी दिनुभयो।

यसैगरि बुधबार नै नीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित कोटडाँडा, भँगेरी, कन्यादेवि, महारुद्र धार्मिक बनलाई बन समूहलाई कार्ययोजना हस्तान्तरण गरिएको छ ।

डिभिजन बन प्रमुख आचार्यले छतिवनको विरुवा रोपेर कार्ययोजना हस्तान्तरण गर्दै समूदायले संरक्षण गरेर मात्र बनहरुको भविष्य सुन्दर हुने बताउनुभयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस