FLASH NEWS

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ २५, आईतबार (५ दिन अघि)
  • १०३

    Shares

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

काठमाडौं :   हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानेको छ।

यी वायुको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। गत जेठ १५ गते रातिबाट नेपालको पूर्वबाट प्रवेश गरेको मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ।

दिउँसो कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस