FLASH NEWS

पृथ्वी राजमार्गस्थित थाक्रे ७ र ८जाेड्ने साेप्याङखाेला पुल भत्कियो, दुईतर्फ सवारी अवरुद्ध

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ १३, मंगलबार (६ दिन अघि)
  • १९५

    Shares

पृथ्वी राजमार्गस्थित थाक्रे ७ र ८जाेड्ने साेप्याङखाेला पुल भत्कियो, दुईतर्फ सवारी अवरुद्ध

धादिङ : पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ मा रहेको पुरानो पुलको भाग धस्सिएपछि दुईतर्फ सवारी अवरुद्ध भएको छ ।

 

 

सोप्याङ खोला पुलको भाग धस्सिएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्ग हुँदै चल्ने ठुला सवारी साधन सो पुल हुँदै चल्न रोक लगाइएको छ । काठमाडौँतर्फ जाने ठुला सवारीलाई डाइभर्ट गरेर गल्छी हुँदै नुवाकोटको बाटो पठाइएको छ । सोप्याङ खोलामा पुरानो पुलसँगै नयाँ पुलको निर्माण कार्य हुँदै आएको छ । निर्माण कार्य गर्दा थर्किएर पुरानो पुलको भाग धस्सिएको बताईएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस