FLASH NEWS

नागढुंगा–नौबिसे सडक आज देखि आंशिक रूपमा बन्द

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ १०, शनिबार (७ महिना अघि)
  • २३६

    Shares

नागढुंगा–नौबिसे सडक आज देखि आंशिक रूपमा बन्द

त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडक आज देखि १६ दिन आंशिक रूपमा बन्द हुने भएको छ। नागढुंगा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले नागढुंगा-नौबिसे खण्डको नागढुंगा– पिप्लामोड १.८ किलोमिटर सडक निर्माण सुधार गर्नुपर्ने भएकाले जेठ १० गते शनिबारदेखि जेठ २५ गतेसम्म बन्द रहने जनाएको छ । यो सडक बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द रहने छ ।

उक्त समयमा काठमाण्डुबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाण्डुतर्फ जाने सवारी साधन खानीखोला बजारमा रोकिनेछन्।

यस अवधिमा साना तथा मझौला सवारीसाधनको लागि वैकल्पिक रुटहरू सीतापाईला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ।

दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने उक्त समयमा पनि निर्वाध सञ्चालन गर्न दिइने सडक योजनाले जनाएको छ।

 

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस