१२०
Sharesधादिङ : प्यालदाेर हिमालकाे फेदीमा पर्ने धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर १ लिंजोमा संचालन भएको पाँच दिने खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम शुक्रबार सम्पन्न भएको छ ।
डिभिजन बन कार्यालय धादिङ र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयेजनामा रुबभ्यिाली क्षेत्रका चौँरी पालक, भेडा पालक र बाख्रा पालक किससानहरुका लागि खर्क व्यवस्थाक सम्बन्धी प्रशिक्षक तालिम मा किसानहरु सहभागि रहेका थिए।
डिभिजन कन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यको अध्यक्षमा भएको तालिम समापन समारोहमा किसानहरु उत्साही हुँदै आगामी दिनमा चौरी भेडा र बाख्रा पालन सम्बन्धी सीप सिकेर व्यवसायिकतातर्फ लाग्ने बताएका छन् । लेकाली पशुहरु संरक्षण र व्यवसायिकताका लागि तालिम लिएका किसानहरुमध्येबाट वि बहादुर तामाङको अध्यक्षतामा चौरी पालक समूह, सेर बहादुर तामाङको अध्यक्षतामा भेडा पालन समूह, ए बहादुर तामाङको अध्यक्षतामा बाख्रा पालन समूह समूह समेत गठन गरिएको छ ।
तालिमको अबसरमा सहभागि किसानहरुले २ ओटा भेडा फार्म, एक ओटा चोँरी फार्मममा प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । तालिममा खर्क, चौरी, भेडा पालनका समस्या, पशुहरुमा लाग्ने रोग र व्यवस्थापनका बारेमा छलफल भएको र तालिमको सहजीकरण डिभिजन बन कार्यालय प्रमुख विष्णु आचार्य, उमेश घले, सुनिल सापकोटाले गर्नुभएको थियो ।आठ हजार भेडा रहेको, ३ सय चौँरी र तेल्मा रहेको, याक १० ओटा र नाक १७ मात्र रहेकोले संरक्षण्मा लागेर यसबाट आम्दानी गर्न किसानहरुले प्रतिवद्धता जनाएका छन् ।
उन्नत, व्यवस्थित, आम्दानीको श्रोत बनाउन तालिमपछि किसानहरु प्रतिवद्ध रहेको लिखित प्रतिवद्धता समेत व्यक्त गरेका छन् । तालिममा ३१ जना किसान सहभागी रहेका थिए । उत्साहपूर्ण र सहभागिमूलक तालिम रहेको भन्दै डिभिजन बन कार्यालय प्रमुख आचार्यले आगामी दिनमा डिभिजन बन कार्यालयले कृषि, पशुविकास कार्यालय लगायतसंग समन्वय गर्ने र जिविकोपार्जनमा सघाउने बताउनुभएको छ ।