FLASH NEWS

धुनिवेशी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ ८, बिहिबार (१ हप्ता अघि)
  • १५०

    Shares

धुनिवेशी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

धादिङ: धादिङको धुनिवेशी नगरपालिकालाइ पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ।
नगरपालिका भित्र रहेका बालबालिकालाई लक्ष्यअनुसार खोप लगाएपछि नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेको हो।

नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा शुभकामना तथा बधाई दिनु हुदै धुनिबेशी ९ का वडा अध्यक्ष बाधब प्रसाद सिलवालले नगरपालिका भित्रका सम्पूर्ण स्वास्थ्य कर्मी को कारण पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्न सकिएको बताउनु भयो। यस्तै जना स्वास्थ्य कार्यालय धादिङका खोप निरीक्षक श्याम पोखरेलले कार्यक्रममा शुभकामना दिनु हुदै खोपको इतिहास र वर्तमानको विषयमा जानकारी गराउनु भएको थियो।


तेस्तै कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य एवं सदस्य सचिब जना स्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुखले शुभकामना दिनु हुदै खोप एकदम महत्वपूर्ण भएकोले स्वास्थ्य कर्मी हरुले निकै मेहनतका साथ् आफ्नो जिम्मेवारी पुरागरि काम गरेको कारण सबै बालबालिका हरुले खोप पाएको र नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा सफल भएको भन्दै बधाई दिनु भयो।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसीले शुभकामना दिनु हुदै पूर्ण खोप सुनिश्चितता घोषणा गर्न साथ सहयोग गर्नुहुने सम्पूर्ण स्वास्थ्य कर्मी लगायत सम्पूर्ण लाइ धन्यवाद दिनु भयो। यस्तै नगरपालिकाका उप प्रमुख सुरज उप्रेतीले पनि नगरवासी सबैलाई शुभकामना तथा बदाई दिनु हुदै आगामी वर्ष अझ यो भन्दा छिट्टै कार्यक्रम गर्ने गरि काम गर्ने बताउनु भयो।

तेस्तै कार्यक्रमका सभा अध्यक्ष पालिका स्तरिय खोप समन्वय समितिकाका अध्यक्ष एवं नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बधाई तथा शुभकामना दिनु हुदै पूर्ण खोप सुनिश्चितता घोषणा गर्न अहोरात्र खटियर काम गर्नु हुने सम्पूर्ण स्वास्थ्य कर्मी , वडा जनप्रतिनिधि , पत्रकार ,समाज सेवी सम्पूर्णमा धन्यवाद दिनु भयो। उहाले नगरपालिका यसवर्ष अलि ढिला भएपनि कुनै पनि बालिका नछुटाई खोप लगाउन सफल भएको बताउनु भय। आगामी वर्ष नगरपालिकाले समयमानै खोप कार्यक्रम गरि आफ्ना पालिका भित्रका बालबालिका हरुलाई स्वस्थ राख्ने आचार्यको भनाइ छ।

आचार्यले नगपालिकाले गरेका राम्रा काम हरुको प्रचार गर्न कुनै पनि कन्जुसाई नगर्न र सुधार्न गर्नु पर्ने भए नगरपालिकामा आएर किने धक नमानी निर्धक्क सित सुझाब सल्लाह दिन आग्रह गर्नु भयो।

स्वास्थ्यका हेमन्त सुबेदीले संचालन गर्नु भएको कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख धुर्ब कुमार अधिकारीले स्वागत गर्नु भएको थियो। उक्त कार्यक्रममा जनप्रतिनिधि ,स्वास्थ्य कर्मी , पत्रकार , कर्मचारी लगायतको सहभागिता रहेको थियो।साथै सम्पूर्ण सस्थ्य कर्मी हरुलाई सम्मान पत्र र माला लगाएर सम्मान समेत गरिएको थियो

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस