FLASH NEWS

नागढुङ्गा नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्दहुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ ७, बुधबार (७ महिना अघि)
  • ३८०

    Shares

नागढुङ्गा नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्दहुने

काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ । यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेर काम गर्न लागिएको हो ।

आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा बन्द गरेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

यसअघि यो खण्ड रातमा बन्द गरेर काम हुँदै आएको थियो । निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि प्राविधिक रुपमा निर्माण दिउँसो गर्नुपर्ने भनेपछि बन्द गरेर निर्माण गर्न लागिएको हो।

नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर काठमाडौंबाट छुट्ने सवारी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौंतर्फ आउनेलाई खानीखोलामा रोकिने उल्लेख गरेको छ । सडकमा काम हुने समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी घिमिरेले अनुरोध गरेका छन् ।

499480798_1533773204691071_6425477261881071788_n1747792535.jpg

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस